७ राजनीतिक दललाई सचेतकसहितको सुविधा

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीसहित दश वटा राजनीतिक दलले संसदीय दलको सुविधा पाउने भएका छन् । जसमा ७ वटा दलले भने सचेतक सहितको सुविधा पाउनेछन् ।

१० वटा दलको सिंहदरबारभित्र संसदीय दलको कार्यालय रहनेछ । यसको व्यवस्थापन संघीय संसद सचिवालयले गर्नेछ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को यसअघि रहेकै स्थानमा संसदीय दलको कार्यालय रहनेछ ।

यसपटकको चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संसदीय दलको कार्यालय यसअघि हेलो सरकार बस्दै आएको भवनमा रहनेछ । संघीय संसद सचिवालयले मुख्य सचिव र भौत्तिक पूर्वाधार मन्त्रालयसँग छलफल गरेर नयाँ दलहरुका लागि संसदीय दलको कार्यालयका लागि भवन तय गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दल पनि सोही भवनमा रहनेछ ।

१० भन्दा कम सांसद भएका दलहरुको कार्यालय व्यवस्थापनका लागि आवश्यक कर्मचारी (एक/दुई कर्मचारी जसले एक भन्दा बढी दल समेत हेर्न सक्ने गरी) पाउँछन् । यसका अलवा एक सांसद बराबर कार्यालय व्यवस्थापन वापत मासिक थप एक हजार रुपैयाँ सुविधा प्राप्त गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *