रिसोर्टमा मृत भेटिए मातातीर्थका श्यामकृष्ण
थानकोट ।
चन्द्रागिरि नगरपालिका-८ मातातीर्थका एक युवा मृत अवस्थामा फेला परेका छन् ।
चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ बस्ने ३४ वर्षीय श्यामकृष्ण तामाङ मृत भेटिएको प्रहरी वृत्त थानकोटले जनाएको छ । तामाङ स्थानीय भ्याली भ्यू रिसोर्टमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।












