एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

Thankot Times

थानकोट । 

नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ । सो पार्टीले आज दिउँसो एक बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । आइतबार बसेको पार्टीको सचिवालय बैठकले दलको आजका लागि बैठक बोलाएको नेता गंगालाल तुलाधरले जानकारी दिए ।

 

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गरी गठबन्धनमा रहेका र रहन सक्ने राजनीतिक दलहरूसँग  छलफल अगाडि बढाउने निर्णय गरेको छ । 

यसका लागि पार्टी अध्यक्ष नेपालले लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता वामदेव गौतमसँग राजनीतिक भेटघाट र छलफल गरेको महासचिव बेदुराम भुसालले जानकारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *