नेपाली कांग्रेस संसदीय दलको निर्वाचन आज

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आज हुँदैछ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा बिहान ८ देखि १० बजेसम्म मतदान हुने निर्वाचन समिति संयोजक भीष्मराज आङ्देम्बेले जानकारी दिए।

कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् । कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको मात्र उम्मेदवारी परेको छ । सभापति देउवा र महामन्त्री थापाले मंगलबार संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेका हुन्।

पार्टी सभापति देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल बनेका छन् । उनको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् ।

महामन्त्री थापाको प्रस्तावकमा कांग्रेस नेता डा शेखर कोइराला तथा समर्थकमा पार्टीका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *