एमालेका सांसदलाई शपथ लिन आउँदा राष्ट्रिय पोसाक लगाउन अध्यक्ष ओलीकाे निर्देशन

Thankot Times

थानकोट ।

नेकपा एमालेले प्रनिनिधिसभाका सांसदलाई बिहीबार हुने शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ।

एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएकाे पार्टी केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने छन्। उनले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् ।

एमालेले प्रतिनिधिसभातर्फ ७८ सिट प्राप्त गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *