थप २ जनामा कोरोना संक्रमण, ३ जना संक्रमणमुक्त

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २२१ जनाको पीसीआर र ५७२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार ३ जना संक्रमणमुक्त भएका छन् भने देशभर २१ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *