नागढुङ्गा-मुग्लिन सडक विस्तारमा विद्युत प्राधिकरण र आयोजनाबिच कुरा नमिल्दा समस्या

Thankot Times

थानकोट ।

नागढुङ्गा-मुग्लिन सडक विस्तार आयोजनार विद्युत प्राधिकरणबीच बिजुलीको खम्बा सार्ने कुरा नमिल्दा सडक विस्तारमा बाधा पर्न थालेको छ।

आयोजनाका अनुसार प्राधिकरण र आयोजनाबीच पोल सार्ने विषयमा लामो समयदेखि विवाद मिल्न सकेको छैन्। यो सडक विस्तारका लागि ३ महिनाअघि ठेक्का सम्झौता भएको थियो।

सोही अनुसार निर्माण कम्पनीले कामलाई पनि तीब्रता दिइरहेको छ।

‘यो आयोजनाभित्र पोल नसार्दा काम गर्न कठिन भएको छ,’एक निर्माण व्यवसायीले भने बीजमाण्डूमा खबर छ।

निर्माण व्यवसायीका अनुसार सरकारी निकायबीच समन्वय नहुँदा बदनामी व्यहोर्नुपर्ने अवस्था आएको छ।

‘काम गर्ने साइटमा ठेक्का लाग्नु अघि कुनै आयोजनामा पनि साइट क्लियर हुने गरेको छैन्,’ ती व्यवसायीले भने, ‘यसमा पनि त्यही समस्या देखिएको छ।’

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *