वेल्सका फुटबल कप्तान बेलको सन्यास घोषणा

Thankot Times

थानकोट ।

फुटबलर ग्यारेथ बेलले सन्यास लिने घोषणा गरेका छन् ।  वेल्सका कप्तान रहेका ३३ बेलले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।

उनले ट्वीट गरेर सन्यास लिएको जानकारी गराएका हुन् । उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो निर्णय मेरो करियरकै अहिलेसम्मकै सबैभन्दा कठिन निर्णय हो ।’

उनले अगाडि भनेका छन्, ‘अन्तर्राष्ट्रिय मञ्चमा केवल मेरो जीवन बदलिएको छैन, बरु म को हुँ भन्ने पनि स्थापित भएको छ । म यो अविश्वसनीय इतिहासमा देशका लागि एक भूमिका निर्वाह गर्दा आफूलाई सम्मानित महसुस गर्दछु ।’

बेल वेल्सको सबैभन्दा महान खेलाडीको रुपमा चिनिन्छन् । उनले अन्तर्राष्ट्रिय फुटबलमा ४१ गोल गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ