आजको मौसम : पहाडमा आंशिक बदली, हिमाली भूभागमा हल्का हिमपात

Thankot Times

थानकोट ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव रहेको जनाएको छ । पहाडी भू-भागमा आंशिक बदली छ भने तराईमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आंकलन गरिएको छ ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको आकलन गरिएको छ भने सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *