‘उच्च शिक्षा’को प्रिमियर माघ ११ गते हुने
थानकोट ।
लघु चलचित्र उच्च शिक्षाको प्रिमियर माघ ११ गते हुने भएको छ ।
रामचन्द्र महर्जन तथा जमुना महर्जन निर्माता रहेको चलचित्रको लेखन, निर्देशन तथा सम्पादन रिजन महर्जनले गरेका हुन् ।
वैदेशिक उच्च शिक्षा लिनका लागि एक युवाले परिवारसँग व्यक्त गरेको चाहनासँग सम्बन्धित रहेर निर्माण गरिएको चलचित्रको माघ १२ गते मगन इन्टरटेन्मेटको युट्युब च्यानलमा रिलिज गरिने बताइएको छ ।
चलचित्रमा लक्ष्मी कुमार महर्जन, क्रिशल श्रेष्ठ, कृष्णभक्त महर्जन, सुदिप भाजु, विनोद महर्जन लगायतको अभिनय देख्न पाइनेछ ।
चलचित्र नेपाल भाषा र खस नेपाली भाषामा सार्वजनिक हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा माघ ११ गते बुधबार बिहान साढे १० बजेबाट एक विशेष प्रिमियर शोको आयोजना गरेर त्यसको भोलिपल्ट अर्थात् माघ १२ गते बिहीबार मगन इन्टरटेन्मेन्टको अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिने लेखक तथा निर्देशक रजिन महर्जनले जानकारी दिए ।















