थप २ जनामा कोरोना संक्रमण पुष्टि, मुलुकभर सक्रिय संक्रमित २१ जना

Thankot Times

थानकोट । 

नेपालमा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट १६२८ नमूना परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २८६ र एन्टिजेनबाट १३४२ जनाको परीक्षण गर्दा दुई नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा २ जना संक्रमित निको भएका छन्।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २१ पुगेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *