ओलीको जन्मदिनका अवसरमा फागुन ११ देखि १७ गतेसम्म काठमाण्डाै ‘केपी ओली कप’ फुटबल हुने
थानकोट ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभर आयोजना गर्ने राष्ट्रिय स्तरको नकआउट फुटबल प्रतियोगिताको खेल तालिकामा केपी ओली कप पनि समावेश भएको छ।
एन्फाले देशभर सञ्चालन हुने ११ वटा गोल्डकपको खेल तालिका मंगलबार सार्वजनिक गरेको छ।
सार्वजनिक तालिका अनुसार ‘केपी ओली कप’ काठमाडौंमा फागुन ११ देखि १७ गतेसम्म सञ्चालन हुनेछ। ओलीको जन्मदिनमा सुरु हुने प्रतियोगिता ५ दिन सम्म सञ्जालन हुनेछ। आगामी फागुन ११ गते ओली ७० वर्ष पूरा हुँदैछन्।
एमालेको भातृ संगठन युवा संघ नेपालको आयोजनामा हुन लागेको प्रतियोगितामा ए डिभिजनका ८ टिमको सहभागिता रहनेछ।