जोकोभिचले जिते अस्ट्रेलियन ओपनको उपाधि

Thankot Times

थानकोट ।

सर्बियाका टेनिस स्टार नोभाक जोकोभिच अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।

आइतबार साँझ सम्पन्न फाइनल खेलमा जोकोभिचले ग्रीसका खेलाडी स्टेफेनो सिटसिपासलाई ६-३, ७-६ (७-४), ७-६(७-५) को सेटमा जित हासिल गरेका हुन् ।

जोकोभिचले योसहित १० पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । पछिल्लो पटक उनले २०२१ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए । गत बर्ष भने कोरोना खोपको विवादका कारण जोकोभिचले अस्ट्रेलियन ओपन खेलेका थिएनन् ।

जोकोभिचले योसहित २२ ग्राण्ड स्लाम जितेर सबैभन्दा बढी ग्राण्ड स्लाम जित्ने राफेल नाडालको बराबरी गरेका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *