कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि २२ जनाको आवेदन

Thankot Times

थानकोट । 

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि २२ जनाको आवेदन परेको छ । तोकिएको समय १५ माघसम्ममा २२ जनाले आवेदन दिएको बैंकले जनाएको छ । सिभिल बैंकको सीईओ छोडेर म्यानमारको बैंकमा सीईओ बन्न गएका बैंकर गोविन्द गुरुङले पनि आवेदन दिएका छन् । त्यस्तै बैंककै पूर्वकर्मचारी सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्यले पनि आवेदन दिएका छन् ।

बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी र डेपुटी जनरल म्यानेजर यज्ञप्रकाश न्यौपाने, राष्ट्रिय बाणिज्य बैंकका पूर्व डेपुटी सीईओ कबिराज अधिकारीले पनि आवेदन दिएका छन् ।

यस्तै भानु कँडेल, ताराखर अधिकारी, बिष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसी, बद्री गुरागाईं, रामराज उपाध्याय, नरेशकुमार रोका, विश्वप्रकाश सुवेदी, अशोककुमार पौडेल, सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शंकर चापागाईं, अरुणकुमार ढुंगाना र प्रमोदबाबु तिवारीले पनि आवेदन दिएका छन् ।

बैंकले २५ पुसमा सीईओका लागि २१ दिनभित्र आवेदन दिन सूचना प्रकाशित गरेको थियो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली २०७४, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन र कृषि विकास बैंकको सीईओ पदपूर्ति सम्बन्धी कार्यविधि, २०७९ का आधारमा आवेदन माग गरेको थियो । बैंकको सीईओको मासिक तलब ३ लाख रुपैयाँ हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ