परराष्ट्रमन्त्री पौडेलेको पहिलो विदेश भ्रमण श्रीलङ्काबाट
थानकोट ।
परराष्ट्रमन्त्री विमला राई पौडेलको पहिलो विदेश भ्रमण श्रीलङ्काबाट हुने भएको छ ।
बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औँ वर्षगाठका अवसरमा श्रीलङ्का सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन लागि परराष्ट्रमन्त्री पौडेल श्रीलङ्का जान लागेकी हुन । उनको श्रीलङ्का भ्रमणलाई मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले स्वीकृत गरेको सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् । ।
मङ्गलबारदेखि कोलम्बोमा सुरु हुने विशेष समारोह आर्थिक सङ्कटले टाट परे पछि बौरिने क्रममा श्रीलङ्काले यो विशेष समारोह आयोजना गरेको हो ।
सो समारोहमा परराष्ट्रमन्त्री पौडेलले समकक्षी अलि साबिक्रोसहित श्रीलङ्काका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नेछिन् ।













