स्याहार केन्द्रमा वृद्धालाई थप्पड हानेको आरोपमा अस्ट्रेलियामा नेपाली नर्स पक्राउ
थानकोट ।
वृद्धामाथि हातपात गरेको आरोपमा अस्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ परेकी छिन् । इपिङ सहरको वृद्धवृद्धाको हेरचाह गर्ने एक केन्द्रमा नर्सिङ सहायकका रूपमा कार्यरत अस्मिता पाण्डेलाई वृद्धामाथि हातपात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
नेपालबाट वर्किङ भिसामा गएकी पाण्डेले वृद्ध विरामीहरूलाई थप्पड हानेको स्वीकार गरेको नाइन न्युजले जनाएको छ । पाण्डेले वृद्धालाई हातपात गरेको उजुरी उनकै सहकर्मीले गरेपछि केही दिनअघि पक्राउ गरिएको हो ।
पाण्डेले कुटपिट गरेकामध्ये ९५ वर्षकी डिमेन्सिया नामकी पीडित वृद्धाकी छोरीले राम्रो हेरचाह हुन्छ भन्ने आशामा छाडिएका अभिभावकमाथि दुर्व्यवहार हुनु निकै दुखदायी भएको बताएको खबरमा उल्लेख छ ।
पक्राउ परेकी पाण्डेलाई आ













