उडिरहेकाे विमानमा महिला यात्रुले चालक दलका सदस्यलाई मुक्का हानेपछि

Thankot Times

थानकोट ।

अबुधाबीबाट मुम्बईका लागि उडेको एउटा भारतीय विमानमा एक विदेशी यात्रुलाई विमानका कर्मचारीहरूले सिटमा बाँधेर राखेको विवरण सार्वजनिक भएको छ ।

इटालीकी ती महिलाले चालक दलका एक सदस्यलाई मुक्का हानेको र अर्का कर्मचारीलाई थुकेको भन्दै उनलाई बाँधेर राखिएको बताइएको छ ।

यो घटना भारतीय वायु सेवा कम्पनी विस्तारा एयरलाइन्सको विमानमा भएको हो । ती महिलालाई सोमबार मुम्बईमा पक्राउ गरिएको थियो । पछि उनी धरौटीमा छुटिन् ।

उनका वकिलले ती महिलाले कसैलाई पनि मुक्का नहानेको र नथुकेको दाबी गरेका छन् । ती यात्रुमाथि झुटा आरोप लगाइएको उनको दाबी छ । तर, विस्तारा एयरलाइन्सले ती महिलाको लगातारको हिंस्रक व्यवहार रोक्न आफ्ना कर्मचारीले उनलाई नियन्त्रणमा राख्नुपरेको जनाएको छ ।

टाइम्स अफ इन्डिया पत्रिकाका अनुसार विस्ताराका एक कर्मचारीले प्रहरीमा दिएको उजुरीमा ती महिलाले आफूलाई मुक्का हानेको र आफ्ना एक सहकर्मीलाई थुकेको दाबी गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *