बागमती प्रदेश सभाको बैठक माघ २२ गतेका लागि बोलाइयो
थानकोट ।
बागमती प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो बैठक माघ २२ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।
प्रदेश सभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो ।
सभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (समाजवादी पार्टी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी ११० जना प्रदेशसभाका सदस्य छन् ।













