चन्द्रागिरि साकोसको सदस्य राहत कार्यक्रम, २ लाख रूपैयाँसम्मको दुर्घटना बीमा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-७ स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरूले पाउने राहत रकमको सिमा बढाएको छ ।

सहकारीले संस्थाका सदस्यहरुको दुर्घटना भई ज्यान गएमा संस्थाको सदस्य राहत कोषबाट आश्रित परिवारलाई १ लाख रूपैयाँसम्मको क्षति सुविधा प्रदान गर्दै आईरहेकोमा आर्थिक वर्ष २०७८/७९ मा संस्थामा गरेको वित्तिय कारोबारको मात्राको आधारमा आज (माघ २० गते)बाट लागु हुने गरि थप १ लाख रूपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको बताइएको छ ।

बीमाको यो सुविधा संरक्षित पुँजी फिर्ता कोषबाट न्युनतम ३७ रुपैयाँसम्मको सुविधा प्राप्त गर्ने सदस्यहरुलाई उपलब्ध हुने संस्थाले जनाएको छ । सो व्यवस्था अनुसार अनुसार उक्त बीमालेखले ५ हजार ८ सय ८० जना सदस्यहरुलाई समावेश गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सो बीमालेखले साकोसका सदस्यहरुको दुर्घटनाबाट हुने मृत्यु, स्थायी पूर्ण अशक्तता र स्थायी आंशिक अशक्तताको क्षति समावेश गर्ने बताइएको छ । सदस्यहरुले संस्थामा गर्ने वित्तिय कारोबारको थप सक्रियताले आगामी दिनमा अझ बढि सुविधाहरु सदस्यहरुलाई उपलब्ध गराउँदै लैजाने संस्थाले प्रतिबद्धता जनाएको छ ।

संस्थामा हाल १६ हजार भन्दा धेरै सदस्यहरू छ भने मुख्य कार्यालयका अतिरिक्त चन्द्रागिरि- १ दहचोक तथा ललितपुर खुमलटारस्थित सदस्य सेवा केन्द्रबाट वित्तिय सेवा प्रदान गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *