बागमती प्रदेशसभाको बैठक आज बस्ने
थानकोट ।
बागमती प्रदेशसभाको बैठक आज बस्दैछ ।
प्रदेशसभाको पहिलो अधिवेशनको सातौँ बैठक आज दिउँसो दुई बजेर पाँच मिनेटमा बस्ने प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रदेशसभाको पछिल्लो बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो ।
सभामा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (समाजवादी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी ११० जना प्रदेशसभाका सदस्य छन् ।

बागमती प्रदेशमा नेकपा समाजवादीलाई संसदीय समिति दिन मुख्यमन्त्री तयार, एमाले नदिने पक्षमा













