सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता शुरु

Thankot Times

थानकोट ।

बुधबारबाट कीर्तिपुरमा शुरू भएको सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगितामा आयोजक नेपाल एपिएफ स्कुलले विजयी सुरूवात गरेको छ ।

हारती शिक्षा मन्दिर स्वयम्भूविरूद्ध आयोजक नेपाल एपिएफ स्कुलले ७-० गोल अन्तरको एकपक्षीय नतिजा आत्मसाथ गर्यो । घरेलु टिमका लागि अविन वस्याल, रोहित गोले, डम्बर वि.क. तथा विवेक पश्चिमा थारुले समान १-१ गोल गरेका थिए भने तेन्जिङ्ग शेर्पाले २ गोल गरे । एपिएफले आत्मघाती एक गोल उपहार पाएको थियो ।

बुधबार नै सम्पन्न प्रतियोगिताको दोस्रो खेलमा सैनिक आवासिय महाविद्यालय भक्तपुरले नाईटिङ्गल ईन्टरनेशनल स्कुल ललितपुरको पोष्टमा १ दर्जन गोल गर्यो । सैनिक आवासीयका लागि उज्जवल राई एक्लैले पाँच गोल गर्दा अफ्रेज अलि ले ३ गोल गरे । त्यस्तै दिपेश दुर्जन, कृष्ण थापा, अनुभव पुरी र दक्ष लामाले समान १-१ गोल गरेका थिए ।
प्रतियोगिता अन्तर्गत बिहीबार ल्याब्रेटोरी माध्यमिक विद्यालयविरुद्ध डि.ए.भि. स्कुल, ग्रिन भिलेज एजुकेशन फाउण्डेशनविरुद्ध ब्लुम नेपाल स्कुलबीच खेल हुने प्रतियोगिता संयोजक राजकुमार प्याकुरेलले जानकारी दिए । प्रतियोगितामा काठमाडौँ उपत्यकाका विभिन्न १७ वटा तथा काभ्रे जिल्लाबाट एक गरि जम्मा १८ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *