साफ यू-२० महिला च्याम्पियनसिप: उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दै

Thankot Times

थानकोट । 

साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आज साँझ आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले उपाधिका लागि घरेलु टोलीको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५:४५ बजे सुरु हुनेछ ।

बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल उपाधि उचाल्ने योजनामा हुनेछ । तर, घरेलु टोलीविरुद्ध जित निकाल्न नेपाललाई सहज हुनेछैन् ।

तर, नेपालका मुख्य प्रशिक्षक यम गुरुङले फाइनलमा घरेलु टोलीविरुद्ध कडा टक्कर दिने बताएका छन् ।

बंगलादेशका मुख्य प्रशिक्षक गोलाम रब्बानीले फाइनल प्रतिस्पर्धात्मक हुने दाबी गर्छन् ।

राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

लिग चरणमा समेत नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भएको थियो ।

उक्त खेलमा नेपाललाई बंगलादेशले ३-१ ले हराएको थियो ।

फाइनलमा नेपाल पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । बंगलादेश भने जितलाई निरन्तरता दिन चाहन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *