विवेकशील साझाको प्रथम महाधिवेशन सुरू

Thankot Times

थानकोट ।

विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन काठमाडौँमा सुरू भएको छ।

लामो समयदेखि छिन्नभिन्न अवस्थामा रहेको सो पार्टीको प्रथम महाधिवेशन आजबाट सुरू भएको हो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएको सो महाधिवेशनको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् ।

तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु समेत गरिसकेका छन् ।

पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको विवेकशीलले महाधिवेशनमा दाहालले राजनीतिक दस्तावेज पेस गर्नेछन भने प्रस्तावित विधान भने रमेश पौडेल पेस गर्ने मिलन पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ  ।  महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन्।

शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहुपदीय संरचना निर्माण गरनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *