साफ च्याम्पियनसिप उपविजेता यू-२० महिला टिम स्वदेश फिर्ता
थानकोट ।
बंगलादेशमा सम्पन्न साफ यू-२० महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टिम आज (शुक्रबार) स्वदेश फर्किएको छ ।
नेपाली टिम आज दिउँसो नेपाल आएको हो ।
नेपाली टिम च्याम्पिनयसिपको फाइनलमा घरेलु टिम बंगलादेशसँग पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो । बिहीबार भएको फाइनल खेलमा बंगलादेशले नेपाललाई ३-० ले हराउँदै च्याम्पियनसिपको उपाधि जितेको थियो ।
त्यसअघि, नेपालले लिग चरणका खेलमा भुटानलाई ४-० र भारतलाई ३-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । समूह चरणमा पनि नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको थियो ।
यता, समूह चरणका खेलमा बंगलादेशले नेपालविरुद्ध ३-१ र भुटानलाई ५-० ले पराजित गर्दा भारतसँग भने गोलरहित बराबरी खेल्दै फाइनल यात्रा तय गरेको थियो ।













