विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा, महासचिवमा रञ्जु दर्शना
थानकोट ।
काठमाडाैंमा शुक्रबारबाट सुरू भएको विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन अध्यक्षमा समीक्षा बास्कोटा सर्वसम्मत चयन गर्दै सकिएको छ । यस्तै महासचिवमा रञ्जु दर्शना चयन भएको केन्द्रीय निर्वाचन समिति संयोजक केशव दाहालले जानकारी दिएका छन् ।
महाधिवेशनबाट उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चयन भएका छन् । यसैगरी सचिवमा पवित्रा थापा, विमला तामाङ र समुद्र केसी चयन भएका छन् भने कोषाध्यक्ष दामोदर नेपाल सर्वसम्मत भएको दाहालले जानकारी दिए ।
६१ सदस्यीय केन्द्रीय समिति चयनका लागि भने निर्वाचन हुने बताइएको छ ।













