केपी ओली कप फुटबलको उद्घाटन खेलमा सातदोबाटो र पुलिस भिड्ने

Thankot Times

थानकोट ।

केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सातदोबाटो क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आइतबार गरिएको ड्र अनुसार दोश्रो दिन फागुन १२ गते नेपाल आर्मी र न्युरोड टिम एनअरटीबीच खेल हुनेछ ।

फागुन १२ गते नै हुने दोस्रो खेलमा मच्छिन्द्र क्लब र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ । फागुन १३ गते केपी ओली फुटबल क्लब र जाउलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ