एकीकृत समाजवादीले राष्ट्रपतिमा उम्मेदवारी नदिने

Thankot Times

थानकोट ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारी नदिने बताउनुभएको छ ।

आज कास्कीको पोखरामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमालेबाट सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको अबस्थामा अब राष्ट्रपति पनि एमालेकै बनाउन नहुँनेमा जोड दिनुभयो ।

उहाँले अहिलेको सत्ता गठबन्धनको आलोचना गर्दै यो गठबन्धनलाई खिचडीको संज्ञा दिनुभएको छ । संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध हुने खालको सत्ता गठबन्धन नबनेको उहाँको भनाई छ ।

देशको राजनीति अहिले तरल भएको भन्दै उहाँले कल्पना गरेभन्दा फरक हिसाबले चलिरहेको बताउनुभएको छ ।

उहाँले मेची किनारबाट प्रतिगमनको यात्रा सुरु हुन लागेको समेत टिप्पणी गर्नुभएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ