मकवानपुरमा १ सय ५८ किलो गाँजासहित एक पक्राउ

Thankot Times

थानकोट ।

१ सय ५८ किलो गाँजासहित मकवानपुरमा एक जना पक्राउ परेका छन्।

सोमबार मनहरी गाउँपालिका-९ ज्यामिरेस्थित पूर्व-पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले १ सय ५८ किलो गाँजा बरामद गरेको थियो।

ना ६ ख ४५२० नम्बरको गाडीबाट सशस्त्र प्रहरीले उक्‍त मात्राको गाँजा बरामद गरेको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरूषोत्तम थापाले जानकारी दिए। गाडी पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो।

तर गाडीका चालक फरार थिए।

चालक थाहा नगरपालिका-३ बस्ने विशाल गोपाली भागेका थिए। उनलाई भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो। उनले गाडीको क्याबिनमा उक्‍त गाँजा लुकाएका थिए।

ईलाका प्रहरी कार्यालय मनहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *