चाैथो थानकोट गोल्डकपमा १९ टोलीको सहभागिता

Thankot Times

थानकोट । 

शनिबारबाट सुरू हुने चाैथो थानकोट गोल्डकपमा १९ टोलीले सहभागिता जनाउने भएका छन् । बिहीबार सार्वजनिक गरिएको खेल तालिका अनुसार प्रतियोगितामा साबिक विजेता वी आर ब्रदर्शका ए र बी टिमले सहभागिता जनाउनेछन् । त्यस्तै कुर्दन एकेडेमीका ए र बी टिमले सहभागिता जनाउने छन् ।

यसैगरी मिलन युथ क्लब, थानकोट फुटबल क्लब, वाणस्थली युथ समाज, माटिखेल फुटबल क्लब, गणेशमान सिंह मेमोरियल क्लब, वेस्टर्न युनाइटेड फुटबल क्लब, विष्णुदेवी फुटबल क्लब, समाजसुधार युथ क्लबले पनि उपाधिका लागि चुनाैती दिनेछन् ।
यसैगरी ल्याक्टो लक्ष्य फुटबल क्लब, गलबन युनाइटेड फुटबल क्लब, ब्रदर्श यूनिटी, किसिपिडी फुटबल क्लब, चुनदेवी युथ क्लब, दिपशिखा फुटबल क्लब र ब्लुबेल फुटबल क्लबले पनि चाैथो थानकोट गोल्डकपमा सहभागिता जनाउनेछन् ।

चाैथो थानकोट गोल्डकपः उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन वी आर ब्रदर्श र मिलन युथ भिड्ने

प्रतियोगिताको पहिलो खेलमा साबिक विजेता वी आर ब्रदर्श र मिलन युथ फाल्गुन ६ गते शनिबार दिउँसो १ः३० बजे आमुने सामुने हुनेछन् । पहिलो दिन एक मात्र खेल हुनेछ भने अन्य दिन २-२ वटा खेल हुनेछन् । खेल चन्द्रागिरि नगरपालिका ३ थानकोट पिम्फलीस्थित गलबन फुटबल मैदानमा सञ्चालन हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *