स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्दै

Thankot Times

थानकोट । 

आईसीसी विश्वकप क्रिकेट लिग–टू को त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो।  खेल बिहान ९ बजे सुरु हुनेछ। ​ लिग टु सिरिजमा सहभागी सात टोलीमध्ये सबैभन्दा बलियो स्कटल्यान्डसँगको खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्नु पर्नेछ। 

नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको छ। स्कटल्यान्डले नामिबियालाई दश विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको छ। नेपाललाई घरेलु मैदान र समर्थकको साथ रहनेछ। 

नामिबियालाई हराएसँगै लिग टु विजेता बनेको स्कटल्यान्डसँग नेपालको शीर्ष तीनमा पर्ने सम्भावना पनि जीवितै रहनेछ। २५ खेलबाट २० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ। ओडीआई मान्यता जोगाउन नेपाललाई बाँकी एघारमध्ये कम्तीमा आठ खेल जित्नै पर्ने हुन्छ।

लिग टु मा  नेपाल र स्कटल्यान्डबीच यसअघि चार खेल हुँदा नेपालले एक खेल मात्र जितेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *