थानकोट गोल्डकपको चाैथो संस्करण सुरू

Thankot Times

थानकोट ।

थानकोट गोल्डकप फुटबल प्रतियोगिताको चाैथो संस्करण शनिबारबाट सुरू भएको छ ।

चन्द्रागिरि नगरपालिका-०३ पिम्फलीस्थित गलबन फुटबल मैदानमा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

सो क्रममा बोल्नुहुँदै नगरप्रमुख गिरीले नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने सबै प्रकारका खेल गतिविधिहरूका लागि सहायता उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँले स्थानीय स्तरमा हुने प्रतियोगिताहरू प्रतिभा पहिचानका लागि महत्वपूर्ण अवसर हुने हुँदा नगरपालिकाले स्थानीय खेल गतिविधिलाई प्राथमिकताका साथ सहयोग गर्ने धारणा राख्नुभयो ।

थानकोट गोल्डकप फुटबल प्रतियोगिताको चाैथो संस्करण उद्घाटन सत्रमा बोल्नुहूँदै नगरप्रवक्ता एवं वडा नं. ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले स्थानीय स्तरमा आयोजना भएको प्रतियोगिताले आपसमा भाइचारा अभिवृद्धि हुने अभियान सफल हुने अपेक्षा लिएको बताउनुभयो । प्रवक्ता खड्गीले प्रतियोगिताको प्रथम पुरस्कार वडाले उपलब्ध गराउने जानकारी दिनुहुँदै प्रतियोगितामा अनुशासित खेलाडीका लागि व्यक्तिगत रूपमा २० हजार रूपैयाँ उपलब्ध गराउने घोषणा समेत गर्नुभयो ।

१५ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रतियोगिताको उपविजेता टोलीले ६० हजार रूपैयाँ नगद पुरस्कारको साथमा ट्रफी र मेडल हात पार्नेछन् ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फका विजेताहरूले जनही पाँच हजार रूपैयाँ नगद तथा ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ठ खेल काैशल प्रदर्शन गर्ने खेलाडीहरूले  जनही ५ हजार रूपैयाँ नगद, ट्रफी र मेडल पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *