यू-१९ विश्वकप छनोटः सिंगापुरमाथि नेपालको सानदार जित

Thankot Times

थानकोट ।

नेपालले आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरमाथि ९६ रनको सानदार जित हात पारेको छ ।

जितको लागि २ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रन बनायो ।

युनाइटेड अरब इमिरेट्स (यूएई)को इडेन गार्डेन ओभल अज्मानमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २६१ रन बनाएको थियो । २६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको सिंगापुरले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर १६५ रनमात्र बनाउन सक्यो ।

प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ । नेपालले शुक्रबार कुवेतसँग खेल्नेछ । नेपालले फागुन १५ (फेब्रुअरी २७) मा हङकङसँग खेल्नेछ ।

नेपालले फागुन १६ (फेब्रुअरी २८) मा मलेसियासँग खेल्नेछ । नेपालले अन्तिम खेल यूएईसँग फागुन १८(मार्च २) मा खेल्नेछ । यू-१९ को खेलहरु इर्डेन गार्डेन र मलेक क्रिकेट स्टेडियम आजमानमा हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *