आयोजक एपीएफ स्कुललाई सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिताको उपाधी

Thankot Times

थानकोट ।

आयोजक नेपाल एपीएफ स्कुलले साताैं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा ल्याब्रेटोरी स्कुललाई १-० गोलले पराजित गर्दै एपीएफ स्कुलले उपाधी चुमेको हो । विकास बोहोराको एक गोल नै आयोजक नेपाल एपीएफ स्कुलका लागि उपाधि रक्षा गर्न पर्याप्त रह्यो ।

प्रतियोगितामा ल्याब्रेटोरी माध्यमिक विद्यालयका रविन बम्जनले उच्च गोलकर्ता बने । विज्ञान खड्काले उत्कृष्ट खेलाडिको उपाधि हात पार्दा फेयर प्ले टिमको पुरस्कार सतुंगलस्थित बेशिक लर्निङ्ग बोर्डिङ्ग स्कुलले पायो ।

विजेता तथा उपविजेता टोलीलाई सशस्त्र प्रहरी बल नेपाल मानवश्रोत विभाग प्रमुख एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त मानिरीक्षक नारायणदत्त पौडेल लगायतका अतिथिहरूले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा काठमाडौँ उपत्यकाका विभिन्न १७ वटा तथा काभ्रे जिल्लाबाट एक गरि जम्मा १८ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *