चाैथो थानकोट गोल्डकपको सेमीफाइनल समीकरण पूरा

Thankot Times

थानकोट । 

चाैथो थानकोट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सेमीफाइनलमा खेल्ने सबै चारवटै टोलीको टुंगो लागेको छ । 

आइतबार सम्पन्न खेलहरूमा विजयी हुँदै कुर्दन एकेडेमी ए टिम र विष्णुदेवी फुटबल क्लबले सेमीफाइनलमा स्थान बनाएका हुन् । 

कुर्दन एकेडेमी ए टिमले दीपशिखा फुटबल क्लबमाथि ३-० को सहज जित दर्ता गर्यो । फाइनलमा स्थान बनाउन कुर्दनले फाल्गुन १६ गते डिफेन्डिङ च्याम्पियन वीआर ब्रदर्श क्लबको बी टिमसँग प्रतिस्पर्धा गर्नेछ । 

यसैगरी आइतबारनै सम्पन्न चाैथो सेमीफाइनल खेलमा गणेशमानसिंह स्मृति फुटसल क्लबले लिएको अग्रता उल्टाउँदै विष्णुदेवी फुटबल क्लबले वीआर ब्रदर्श क्लब ए टिमसँग सेमीफाइनल भेट पक्का गर्यो । यी २ टोलीबीच फाल्गुन १७ गते प्रतिस्पर्धा हुनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *