एनएसजेएफ स्पोर्टस् अवार्डः प्रशिक्षकतर्फ चन्द्रागिरिका दिपक महर्जन मनाेनयनमा

Thankot Times

थानकोट । 

नेपाल खेलकुद  पत्रकार मञ्चले वर्षेनी प्रदान गर्ने एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत यस वर्षका लागि मनोनयन सार्वजनिक भएको छ ।

सार्वजनिक भएको मनोनयन अनुसार वर्ष प्रशिक्षकतर्फ बक्सिङका प्रशिक्षक दिपक महर्जन मनाेनयनमा परेका छन् । महर्जन सहित नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी, क्रिकेट टोलीका पूर्वप्रशिक्षक डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी र भलिबलका जगदिश भट्ट मनोनयनमा परेका छन् ।

बक्सिङका दिपक महर्जनको प्रशिक्षणमा नेपालले युएईको दुबइमा भएको एएसबीसी युथ तथा जुनियर बक्सिङ च्याम्पियन्सीपमा तीन कास्य पदक जितेको थियो । महर्जनकाे प्रशिक्षकत्वमा छिरिङ वाङ्दी शेर्पा, स्वस्तिका तिरुवा र नारिका राई काश्य पदक जितेका थिए भने उनकै नेतृत्वकाे नेपाली टाेली सहभागी थाईल्याण्डकाे फुकेट शहरमा आयाेजित खुल्ला अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा पुनम रावलले कास्य पदक जितेकी थिईन ।

मञ्चका सचिव अञ्जन खड्काको संयोजकत्वमा गठित कमिटीले फागुन २३ गते हुने अवार्डको मनोनयन सार्वजनिक गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *