केपी ओली कप फुटबलको उपाधि मछिन्द्र क्लबलाई
थानकोट ।
प्रथम केपी ओली कप फुटबलको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ।
बुधबार दशरथ रंगशालामा भएको फाइनल खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई पराजित गरेको हो।
९० मिनेटको खेल र अतिरिक्त समयमा एक-एक बराबरीमा सकिएको खेल पेनाल्टी शुटआउटमा पुगेको थियो।
पेनाल्टीमा ३-५ गोलको अन्तरले मछिन्द्र क्लबले उपाधि जितेको हो।
मछिन्द्रका लागि पाँचौं मिनेटमा अफिज ओलावाले ओलाडिपोले हेडिङमार्फत गोल गरेका थिए। देवेन्द्र तामाङको फ्रिकिकमा उनले हेडिङ हानेर गोल गरेका हुन्।
त्यस्तै १७ औं मिनेटमा सातदोबाटोले गोल फर्काएका थिए। सातदोबाटोका जोर्डन ओवाना जुनियरले पनि हेडिङमार्फत गोल फर्काएका थिए।













