नेविसंको आयोजनामा बिहीबारबाट काठमाडाैं उपत्यकाव्यापी भलिबल प्रतियोगिता
थानकोट ।
भोलि (बिहीबार) बाट काठमाडाैं उपत्यकाव्यापी भलिबल प्रतियोगिता सुरू हुने भएको छ ।
नेपाल विद्यार्थी संघ कान्तिपुर ईन्टरनेशनल कलेज ग्वार्को ललितपुर ईकाईले उपत्यकाव्यापी भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।
उनानसय हजार नाै सय उनानसय रूपैयाँ पुरस्कार राशीको प्रतियोगिता फाल्गुन २० गतेसम्म सञ्चालन हुने बताइएको छ । प्रतियोगिताका खेलहरू जावलाखेलस्थित भलिबल कभर्ड हलमा हुनेछन् ।













