नागढुङ्गामा रोयल इन्फिल्डको लाम लागेपछि…..

Thankot Times

थानकोट ।

रोयल इन्फिल्डलले रिसेस राइड आयोजना गरेको छ।

कम्पनीको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले शुक्रबार रिसेस राइड आयोजना गरेको हो।

मोटरसाइकल राइडमा रोयल इन्फिल्डका मोटरसाइकलसहित ५६ जना रोयल इन्फिल्ड रायडर्स सहभागी भएको कम्पनीले जनाएको छ।

सडक सुरक्षा सचेतना र सुरक्षित चलाउने जागरणका लागि राइड आयोजना गरिएको अल्फा मोटिभको भनाइ छ।

१९ गते बिहान रोयल इन्फिल्डको नक्साल शोरुमबाट राइड सुरु भई थानकोट हुँदै नौबीसे–कुरिनटार–मुग्लिङ–डुम्रे पुगेका थिए। त्यहाँबाट बन्दीपुर पुगेको राइडमा सहभागीले सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रममा भाग लिएका थिए।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *