चन्द्रागिरि हिल्स लिमिटेडका पूर्व महाप्रबन्धक शाहलाई नेपाल सम्मान-२०७९
थानकोट ।
वेस्ट रिसोर्ट नेपालका निर्देशक तथा चन्द्रागिरि हिल्स लिमिटेडका पूर्व महाप्रबन्धक अभिषेक विक्रम शाह नेपाल सम्मान २०७९ बाट सम्मानित भएका छन् ।
बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले पर्यटन उद्यमी शाहलाई नेपाल सम्मानबाट सम्मानित गरेका हुन्।
सगरमाथा प्रतिष्ठान नेपालद्वारा आयोजित नेपाल सम्मान २०७९ एवं अन्तर्राष्ट्रिय नारी सम्मान २०७९ समारोहमा नेपालमा पर्यटन व्यवसायको प्रवर्द्धनमा विशेष योगदान गरेका शाहलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो।
दुई दशकभन्दा लामो समयदेखि होटेल तथा हस्पिटालिटी क्षेत्रमा आबद्ध शाह यसअघि पनि आधा दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानद्वारा सम्मानित भइसकेका छन्।













