सुन तथा चाँदीको भाउमा आज पनि गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुन तथा चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर छापावाला सुन १ लाख १ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर १२ सय २० रूपैयाँ कायम भएको छ।

बुधबार चाँदीको भाउ प्रतितोला १२ सय २५ रूपैयाँमा कारोबार भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ