ह्वात्तै बढ्यो सुन चाँदीको भाउ
थानकोट ।
कारोबार हुने साताको पहिलो दिन नेपाली बजारमा आज आइतबार सुन तथा चाँदीको भाउ ह्वात्तै बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा १ हजार ७ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ३ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ प्रतितोलामा २५ रुपैयाँले बढेर १२ सय ४५ रूपैयाँ कायम भएको छ।
शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय २० रूपैयाँमा कारोबार भएको थियो।













