सुनचाँदीको भाउ उकालो लाग्ने क्रम जारी
थानकोट ।
कारोबार हुने साताको दोश्रो दिन आज (सोमबार) नेपाली बजारमा सुन तथा चाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ६ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ४ हजार १ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर १२ सय ५५ रूपैयाँ कायम भएको छ।
आइतबार चाँदीको भाउ प्रतितोला १२ सय ४५ रूपैयाँमा कारोबार भएको थियो।













