प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो चैत ६ गते संसद् मा विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार प्रधानमन्त्रीले आगामी ६ गते संसद् मा विश्वासको मत लिने तयारी गरेका हुन् ।

प्रधानमन्त्रीज्यूले ६ गते संसद् मा विश्वासको मत लिनुहुनेछ ।

गत फागुन १३ गते राप्रपाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो भने फागुन  १५मा सरकारलाई साथ दिएको नेकपा (एमाले)ले पनि समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ