नेपाल र यूएई बीचकाे खेलको टिकट बिक्रीकाे सबै पैसा खेलाडी कोषमा जम्मा गर्ने क्यानको घोषणा
थानकोट ।
आईसिसी विश्वकप लिग-२ अन्तर्गत बिहीबार हुने नेपाल र यूएईबीचको खेलमा टिकट बिक्रीबापत उठेकाे सबै पैसा खेलाडी कल्याणकारी कोषमा जम्मा हुने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल र यूएईबीचको सो खेलका लागि टिकट बिक्रीबाट आउने सबै पैसा कल्याणकारी कोषमा जम्मा गर्ने निर्णय गरेको हो । कल्याणकारी कोषको रकम खेलाडीको हित र अत्यावश्यक काममा खर्च हुने गरेको छ ।
विश्व कप क्रिकेट लिग-२ अन्तर्गत बिहीबार नेपालले अन्तिम खेलमा यूएईसँग खेल्दैछ । भोलि यूएईलाई हराउन सकेमा नेपाल सिधै विश्व कप क्वालिफायरमा पुग्नेछ ।













