त्रिवि मैदानमा पुगेर प्रधानमन्त्रीले दिए नेपाली टोलीलाई शुभकामना

Thankot Times

थानकोट ।

आईसीसी क्रिकेट विश्वकप लिग २ को खेलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा पुगेर नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) को टिमलाई शुभकामना दिएका छन् ।

नेपालले आज लिग २ को अन्तिम खेलमा यूएईविरुद्ध खेलिरहेको छ। खेलका लागि प्रधानमन्त्री दाहालसँगै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ पनि त्रिवि क्रिकेट मैदानमा पुगेका थिए । ९ः३० बजेदेखि सुरू भएको खेलमा नेपालले पहिलो बलिङ गरिरहेको छ ।  नेपाल टस हारेपछि फिल्डिङमा आएको हो ।

घरेलु टिम नेपालले यूएईलाई पराजित गरे नेपालको कुल ३६ खेलबाट ४० अंक हुनेछ । यस्तो भए नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाउँदा नामिबियाको सपना भने चकनाचुर हुनेछ ।

अहिले चौथो स्थानमा रहेको नेपालको ३५ खेलबाट ३८ अंक छ । आफ्नो अन्तिम खेलमा यूएईलाई हराए ४० अंक बनाउँदै नेपाल लिग टुको तेस्रो स्थानमा उक्लिनेछ । यस्तो हुँदा लिग टु च्याम्पियन बनेको स्कटल्यान्ड, ओमान र नेपाल विश्वकप छनोटमा सिधै प्रवेश गर्नेछन् । तर नेपाल हारेमा भने नामिबिया विश्वकप छनोटमा सिधै पुग्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ