भेटेरिनरी, खानेपानी वितरण, बीमा कारोबार लगायतका २२ क्षेत्रमा सार्वजनिक सेवा प्रवाह हुने

Thankot Times

थानकोट । 

गृह मन्त्रालयले बिदाको दिन पनि विभिन्न २२ क्षेत्रमा सार्वजनिक सेवा प्रवाह हुने जनाएको छ । 

मन्त्रालयका अनुसार राजपत्रमा प्रकाशित गरेको बिदाको सूचीसम्बन्धी सूचनामा पर्व बिदामध्ये उभौली पर्व, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमीका दिन सार्वजनिक सेवा प्रवाह गरिनेछ । 

यस्तै खण्ड घटस्थापना, क्रिसमस डे, उधौली पर्व, तमु ल्होसार पर्वलगायतका बिदाहरुमा सार्वजनिक सेवा प्रवाह गर्न सम्बन्धित मन्त्रालय वा निकायले आवश्यक प्रबन्ध मिलाउनुपर्ने सूचनामा उल्लेख छ । 

सार्वजनिक सेवा भन्नाले नागरिकता सम्बन्धी, राहदानी सम्बन्धी, कन्सुलर सम्बन्धी, भन्सार सम्बन्धी, सवारी व्यवस्थापन सम्बन्धी, मालपोत सम्बन्धी सहितका २२ क्षेत्र पर्छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ