वर्षा नभइकन बूढीगण्डकीमा भीषण बाढी, भाैतिक संरचनामा व्यापक क्षति

Thankot Times

थानकोट ।

गोरखास्थित बूढीगण्डकी नदीमा ठूलो बाढी आएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–६ र ७ भएर बग्ने खोलामा आज बिहानैदेखि बाढी आएको हो ।

बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

“बूढीगण्डकीको तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक,” पराजुलीले भनेका छन्, “नदी छेउछाउका बासिन्दा उँचो स्थानमा बसौँ ।”

पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार विगत १२ घण्टामा वर्षा भएको देखिएको छैन ।

चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले दिएको जानकारीअनुसार बिहान ३ बजेतिरबाटै बाढी आएको हो ।

“स्यार खोलामा बाढी आएको हो,” उनले भनिन्, “सुक्खा पहिरोका कारण खोला थुनिएको थियो । एक्कासि खोला बढेपछि वडा नम्बर ६ मा बूढीगण्डकी छेउमा भएका घर बगाएको छ । पाँचवटा गाउँ नै बगाएको जानकारीमा आएको छ । थप क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ