बागमती प्रदेशका १ हजार ५ सय ८५ जना पत्रकारको सामूहिक दुर्घटना बीमा

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारले प्रदेशभित्र कार्यरत १ हजार ५ सय ८५ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय बीमा कम्पनी लिमिटेड मार्फत एक जना पत्रकारको ४ लाख रुपैया बराबरको दुर्घटना बीमा गरिएको मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले जानकारी दिए ।

चैत ५ गतेबाट लागु हुने बीमालेख अनुसार बीमीत पत्रकारको मृत्यु भएमा ४ लाख रुपैया र दुर्घटना भएमा एक लाख रुपैया बराबरको औषधि उपचार खर्च भुक्तानी दाबी लिन सकिने उनले जानकारी दिए ।

आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले जिम्मेवारी सम्हालेपछि पत्रकारको बीमाको काम छिटो कार्यान्वयन गर्न निर्देशन दिएपछि पत्रकाहरुको सामूहिक दुर्घटना बीमा लागू भएको हो ।

यसैगरी मन्त्री श्रेष्ठले नेपाल पत्रकार महासंघ बागमती प्रदेशलगायत अन्य ५ वटा पत्रकारका संस्थाहरुलाई समेत पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न सहयोग गरिएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *