पृथ्वी राजमार्गमा ग्यास ट्याङ्कर पल्टिँदा एक जनाकाे मृत्यु

Thankot Times

थानकोट । 

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ । 

मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको युपि ७० डिटी ६०५५ नम्बरको ट्याङ्कर पल्टिँदा नाम, थर र ठेगाना नखुलेका पुरुष व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याङ्करमा सवार दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा भारतको वरौजी बस्ने २९ वर्षीय राम वतन ताती  र अर्का एक जना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तातीको स्थानीय ट्रमा सेन्टर कुरिनटारमा उपचार भइरहेको छ । अर्का एक जनाको अवस्था गम्भीर रहेको  कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनका अनुसार दुर्घटना आज बिहान ६ बजे भएको हो । ट्याङ्कर अनियन्त्रित भएर सडक छेउमा पल्टिएको हो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *