आज देशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

जसको प्रभावले हाल  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राति भने सामान्यतया मौसम सफा रहनेछ।

भोलि पनि देशका  पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यसपछि क्रमशः मौसममा सुधार आउने महाशाखाले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *